खेलकुद

शहीद स्मारक लिग : पुलिस र च्यासलले बराबरी खेले

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् ।

पहिलो हाफमा पुलिसले दुई तथा च्यासलले एक गोल गरेको थियो । खेलको पाँचौँ मिनेटमा पुलिस क्लबका लागि निरकुमार राईले पहिलो गोल गरेको थियो । खेलको ४० औँ मिनेटमा सुमन लामाले गोल पुलिसका लागि दोस्रो गोल गरेको हो ।

यसअघि सन्तोष साहुखलले खेलको १८औँ मिनेटमा च्यासलका लागि कीर्तिमानी गोल गरको थियो । यससँगै ‘ए’ डिभिजन लिगमा उनले व्यक्तिगत १०० गोल पूरा गरेको छ । ‘ए’ डिभिजन लिगमा १०० गोल पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् । च्यासलका हेमन्त थापामगरले हानेको फ्रि किक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरेको हो ।

मध्यान्तरपछिको खेलमा च्यासलले थप एक गोल गरी पुलिससँग बराबरी ग¥यो । च्यासलका लागि कीर्तिमानी खेलाडी सन्तोषले खेलको ४९औँ मिनेटमा दोस्रो गोल गरे । उनको यही गोलका कारण पुलिससँगको खेलमा च्यासल हारबाट जोगियो । पटकपटक मौका पाए पनि सन्तोषले ह्याट्रिक गर्न भने सकेनन्  ।