समाचार

पक्राउ परेका १२२ चिनियाँलाई आज चीनले लग्यो

२३ पुस, काठमाडौं । पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई चीन सरकारले ल्याएको चार्टर्ड विमान चाइना इस्टर्न र वेस्टर्नमा राखेर बुधबार चीन पठाइएको छ । अध्यगमन विभागले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई उच्च प्रहरी सतर्कताका साथ विमानस्थल लगिएको थियो ।

उनीहरुलाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेकाे थियो ।