अन्तर्राष्ट्रिय

इराकमा तैनाथ नेपाली शान्ति सेनालाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन 

काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।

अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

सेनाले आज(बुधबार) विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ ।

युएनएएमआइ मिसन ईराकमा तैनाथ नेपाली सेनाको GUARD UNIT लगायत UNIFIL मिशन लेवनान रर UNDOF मिशन सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हे.क्वा. र श्री शान्ति सेना सञ्चावलन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन समेत दिइएको जानकारी दिएको छ ।