अन्तर्राष्ट्रिय

ट्रम्पलाई इरानको सम्बोधन: सुट लगाएका आतंककारी, तिमी होसमा आउ; हामी आत्मरक्षाका लागि सक्षम छौं..

एजेन्सी । इरानका विदेशमन्त्री जावद जरिफले संयुक्त राज्य अमेरिकालाई होसमा आउन आग्रह गरेका छन् । गत शुक्रबार अमेरिकी हवाई सैन्य आक्रमणमा इरानी सैनिक कमान्डर कासिम सोलेमानीको मृत्युभए पश्चात इरानी हडताललाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

”हामी सबैलाई देखाउन चाहन्छौं कि हामी अमेरिका होइनौं । हामीले युद्ध चाहेका छैनौं,” जरिफले तहरानमा पत्रकारसँग कुरा गर्दै आज भने, ”अब अमेरिकाको हातमा छ कि होसमा आएर यस क्षेत्रमा उसले गरिरहेको साहसिक गतिविधि रोक्नुपर्छ । यो अशान्ति मच्चाउने गतिविधको सुरुवात हामीले गरेका थिएनौं । अमेरिकाले यसअघि इरानमाथि आर्थिक युद्ध शुरु गरेका थिए,’’ उनले भने । 

यसअघि जरिफले ट्विटरमार्फत अमेरिकाविरुद्ध इरानले आत्मरक्षाका लागि सक्षम र सफल रहेको बताएका थिए । इरानी सूचनामन्त्री मोहम्मद जावेद अजारी जारोमीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘सुट लगाएका आतंककारी’को संज्ञा दिएका थिए ।