मनोरञ्जन

दिपिकाको जेएनयूमा उपस्थिति: ‘छ्पाक’को कारोबार धर्मराउने खतरा, रणवीर सिंहको फिल्म यात्रा समेत दाउमा

एजेन्सी ।  दीपिका पादुकोण मंगलबार साँझ जवाहर लाल नेहरू विश्वविद्यालय (JNU) हिंसामा शिकार भएका छात्राछात्राहरूसँग मिल्न पुगेकी थिइन् । उनको यस कदमको ट्वीटर युजर्सहरूको एक वर्गलाई दुखी बनाएको छ, जसको कारण अभिनेत्री पादुकोणको आगामी फिल्ल्म ‘छपाक’को बहिष्कार गर्ने बताइएको छ । 

गत आइतबार जेएनयू परिसरमा भएको हिँसामा घाइते भएका जेएनयूएसयूका अध्यक्ष आइशी घोषसँग दिपिका भेटघाट भएपश्चात ट्वीटरमा ह्यासट्यागदीपिकापादुकोण ३४.८ हजार ट्वीटको साथ् ट्रेन्डीङ बनिरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

एक युजरले लेखेका छन्, “बलिउड स्टार दिपिका पादुकोण छात्रछात्राहरूको समर्थन गर्न जेएनयूमा आइन, उनी ग्राउण्ड जिरोमा छिन् ।  यो जानेपश्चात पनि कि उनलाई आरडब्ल्युका गुण्डाहरूको सामना गर्न पर्न सक्छ, जसले दुई दिन पश्चात रिलिज हुने उनको फिल्म बहिष्कार गर्न प्रयत्न गर्नेछ ।  भन्नैपर्दा राजनीतिक मुद्दामा चुपचाप रहने दिपिकाको यो उपस्थिति अर्थपूर्ण छ । “

Image result for chhapak

दीपिका गएराति जेएनयूमै पुगेर विद्यार्थीहरूप्रति आफ्नो ऐक्यवद्धता जाहेर गरेकी थिइन् । जेएनयूमा आइतबार राति नकाबधारी समूहले विद्यार्थीमाथि रड र ढुंगाले आक्रमण गरेको थियो । हिंसामा विद्यार्थी र प्राध्यापक गरी करिब २५ जना घाइते भएका थिए । 

दीपिकाको बहुप्रतिक्षित फिल्म ‘छपाक’ यही शुक्रबार रिलिज हुँदैछ । निर्माताका रूपमा आफ्नो पहिलो फिल्म रिलिजको पूर्वसन्ध्यामा यस्तो राजनीतिक उपस्थिति जनाउनुले उनको फिल्मको कारोबार नै धर्मराउने खतरा हुनसक्ने धेरैले बताइरहेका छन् । यसका साथै उनको पति रणवीर सिंहको फिल्म यात्रामा पनि कठिनाइ आउन सक्ने आंकलन धेरैले गरिरहेका छन् ।

Related image

उनलाई धेरैले ‘रिल र रियल लाइफ’ दुवैमा ‘बोल्ड’ भन्न थालिएको छ। यो आन्दोलनमा भएको हिंसाविरूद्ध कदम उठाउने सबभन्दा ठूलो र चर्चित बलिउड अनुहार दीपिकाकै हो । अब प्रतीक्षा गरौँ, जेएनयूको यस हिंसामा विद्यार्थीसँग एक्यबद्धता जनाएसँगै उनको फिल्म’ छापाक’ हलमा सुपुर डुपुर हित हुन्छ कि सुपुर सुपुर फ्लप ?