अन्तर्राष्ट्रिय

अमेरिकालाई कडा जवाफ दिन इरान तयार रहेको बाकरीको दाबी

एजेन्सी । इरानले अमेरिकालाई फेरि कडा जवाफ दिने चेतावनी दिएको छ । बुधबार बिहान इराकस्थित् अमेरिकन सैन्य शिविरमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको इरानले पुन: एकपटक अमेरिकालाई कडा चेतावनी दिएको हो ।

इस्लामिक रिभुलेसनरीगार्ड्स कोर (आइआरजीसी)ले  इरानले अहिले अमेरिकामाथि झाँकी मात्रै देखाएको स्पष्ट पारेको छ ।

मेजर जनरल मोहम्मद बाकरीले अमेरिकाले हमला गरे आफूहरुले कडा जवाफ दिने चेतावनी दिएका छन् ।