प्रवास

गीतकार रुवीको ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक

काठमाडौं । परदेशमै रहेर पनि नेपाली गीत संगीतलाई प्राथमिकता दिएर कलम चलाउँदै आएकी गीतकार रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीको बागबजारस्थित पुस २१ गते हेलो क्याफेमा म्युजिक खबरको संयोजनमा आयोजित कार्यक्रकाबिच उक्त गीतको भिडियो बिमोचन गरिएको छ ।

गीत बिमोचन समारोहमा वरिष्ठ पत्रकार शान्ति प्रिय, सोही गीतका संगीतकार सुनिल मास्के, उक्त गीतको शब्द रचनाकार रुवी पोखरेल, सोही गीतकी गायिका प्राश्ना शाक्य, संगीत संयोजक प्रदीप श्रेष्ठ र संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राईले विभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । सो समारोहमा पत्रकारहरुलाई नै कार्यक्रमको प्रमुख अथितिको रुपमा सम्बोधन गरिएको थियो । अहिलेसम्मकै कार्यक्रममध्ये उपस्थित पत्रकारहरुलाई नै प्रमुख अतिथिको रुपमा सम्बोधन गरिएको यो पहिलो कार्यक्रम हो भन्दै पत्रकारहरुले प्रतिक्रिया दिएका थिए ।

गण्डकी प्रदेश पोखरावासी गीतकार पोखरेल हाल हङकङ बस्दै आएकी छन् । उनको पहिलो गीत ‘आँशु’ नामक गीतको संगीत सुनिल मास्केको रहेको छ । गायिका प्राश्ना शाक्यको एकल आवाजमा रहेको उक्त गीतको मिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् भने उत्सव दाहालले सो भिडियो खिचेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा जीवन भट्टराई र इस्टु कार्कीको अभिनय रहेको छ । गीतको शब्द र भिडियोले दुस्ख ब्यदनाको यथार्थ घटनालाई स्मरण गराएको छ ।

सबै पत्रकारहरुको प्रतिनिधित्व गर्दै साहित्यकार एवं वरिष्ठ पत्रकार शान्ति प्रियले उक्त गीत र भिडियोको प्रसंसा गर्दै मान्छेले भन्दा पनि गीतको शब्द र भिडियोले नेपाली समूदायमा घट्ने विभिन्न घटनालाई यथार्थ चित्रण गरेको बताए ।

त्यस्तै संगीतकार सुनिल मास्केले पनि आफूले सुरुमा वाद्यवादनबाट गायन र संगीतकार लगायत कलाकारिताको विभिन्न क्षेत्रमा अघि बढेको जनाउँदै यस गीतमा संगीत भर्न पाउँदा खुशी ब्यक्त गरे । गायिका प्राश्ना शाक्यले आफूले धेरै पप गीत गायको जानकारी दिँदै उक्त आधुनिक गीत ‘आँशु’ मा आवाज दिन पाउँदा अझै परिपक्क गायिकाको रुपमा चिनिएको महसुस आफूले गरेको धारणा ब्यक्त गरिन् ।

त्यसैगरी गीतकी शब्द रचनाकार रुवी पोखरेलले पनि बाल्य अवस्थादेखिनै आफूले डायरीमा विभिन्न कविता, गजल, मुक्तक लगायत लेखहरु लेख्दै आएको बताउँदै गीतकारमा पनि रुची भएकाले यस गीतको शब्द रचना गरेको बताइन् । परदेशमा रहेर नेपाली गीत संगीतको माया गरेर मर्मस्पर्शी गीत ‘आँशु’ को शब्द रचना गरेको भन्दै गीतकार पोखरेलका निकट प्रसंसकहरुले उनलाई सम्मान समेत गरेका थिए ।

गितको भिडियोः