पु.समाचार

खुल्यो पुनिता हत्याकाण्डको रहस्यः छोरी प्रेममा भएको थाहा पाएपछी बाबुले यसरी गरेका थिए हत्या !

काठमाडौं । पुनिता हत्याकाण्डको डरलाग्दो र र्दलनाक रहस्य सार्वजनीक भएको छ । कति निर्दयी ति आम– बाबु जस्ले आफनै छोरीको निर्मम तरिकाले हत्या गरेका थिए कारण छोरी गाउँकै एकजना केटाको प्रेममा थिईन ।

सर्लाहिमा एक परिवारले आफ्नो छोरी प्रेममा छ भन्ने जानकारी पाएपछी आफ्नै छोरीको हत्या गर्न पनि पछी नपरेका थिए । हत्या गरेसंगै उनको सवलाई जलाई गाडेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । उनको हत्या गरेको आसंकामा उनकी आमा, काका लगाएत पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा आफनै बाबु–आमा लगाएतको परिवारले मिलेर हत्या गरेको खुल्न आएको हो ।

पर्साको पोखरीया नगरपालीका ९ शीवबर्मा स्थित १५ वर्षिया पुनिता कुमारी महतोको परिवारको संलग्नतामा हत्या भएको प्रहरीले जानकारी दिएको छ । साथै हत्यामा संलग्न पुनिताका बुबा बिरेन्द्र महतो भने अँझै फरार रहेका छन् भने आमा र काका प्रहरी नियन्त्रणमा छन् । उनिहरुले रातको समयमा हत्या गरेर सवलाई खेलसम्म पुर्याई त्यहि गाडेका थिए ।

घटनामा संलग्न साथै ट्रेकटरचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । शव जलाएको ठाउँबाट माटो लगाएतको खरानी संकलन गरि परिक्षणकालागी पठाउने तयारी प्रहरीले गरेको छ ।  जो घटनाले सबैको मन रुवाएको मात्रै होईन सम्बन्धमा आसंका गर्ने अवस्था सिर्जना भएको छ । प्रेममा भएको भन्दै आफनै छोरी हत्या गर्नु कहा सम्मको कु्ररता हो ।

यति मात्रै होईन पछिल्लो समय हुने हरेक खालका यस्ता अपराधिक घटनाले परिवारकै सम्बन्धमा नकारात्मक प्रभाव पारेको छ । जस्तै बालात्कारका घटना, हत्याका घटनाहोस् आफनै मान्छेमाथिको भरोषालाई उडाईदिएको छ