पु.समाचार

सरकार दिगो हल्ला र कामचलाउ विकासमा मात्र सिमितः डा आचार्य

काठमाडौं । साझा  पार्टीक प्रवक्ता डा. सुर्यराज आचार्यले नेपालमा विकासको सम्भावना प्रसस्तै हुँदाहुँदै सरकार हल्ला र कामचलाउको विकाशमा सिमीत भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता आचार्यले विकासलिल मुलुकका लागि आर्थिक, सामाजिक तथा वातावरणीय संरक्षणका नवीनतम सोच र अन्तराष्ट्रिय अनुभवका आधरमा दिगो विकाशको ढाँचा तयार गर्ने राम्रो अवसरका रहेको उल्लेख गरेका छन् ।

साथै उनले नेपालको हालसम्मको प्रयास भने दिगो हल्ला र कामचलाउ विकासमा सीमित भएको बताएका छन् ।

उनको ट्वीटरः विकासशील देशका लागि आर्थिक (सामाजिक विकास तथा वातावरणीय संरक्षणका नवीनतम सोच र अन्तर्राष्ट्रिय अनुभवका आधारमा दिगो, विकास मौलिक ढाँचा तयार गरी लागु गर्ने राम्रो अवसर छ । नेपालको हाल सम्मको प्रयास भने मूलतः दिगो (हल्ला र कामचलाउ (विकास मा सीमित भएको देखिन्छ ।