पु.समाचार

आज र भोली उपत्यकासहित मुलुकभर वर्षा र हिमाली भेगमा भारी हिमपातः मौसमवीद

काठमाडौं । पश्चिमी वायुको प्रभावले केहीदिनदेखी रोकिएको वर्षा फेरी सुरु हुने भएको छ । आज (बुधबार) काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न स्थानमा मेघगर्जसहितको वष हुने मौसमबीदले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।

उनका अनुसार अहिले धुम्मिएको काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ । तर फेरि बादल लागेर मेघगर्जनसहित पानी पर्ने उहाँले जानकारी दिएका छन् । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उनको भर्ना छ ।

आज बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ । साथै केहीदिन अघि परेको हिमपात र वर्षाका कारण मुलुकभर अत्यधीक चिसो भएको छ ।