अन्तर्राष्ट्रिय

राष्ट्रपति पुटिन र असदबीच सिरियामा भेटवार्ता

एजेन्सी । रूसी नेता भ्लादिमिर पुटिन र सिरियाली राष्ट्रपति बसर अल–असदबीच मङ्गलबार राजधानी दमास्कसमा भेटवार्ता भएको छ । नेता पुटिन सिरियामा युद्ध जारी भएको नौ वर्षपछि पहिलो पटक दमास्कस पुगेका थिए ।

भ्रमणका बिषयमा यस पहिले सार्वजनिक गरिएको थिएन । रूसी राष्टपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति पुटिनले सिरियाली समकक्षी अल–असदसँग दमास्कसस्थित रूसी सेनाको कार्यालयमा भेट गरेका छन् ।

” नेता पूटिनले सिरियामा जारी द्वन्द्व अब धेरै नरहने विश्वास आफूलाई लागेको पाएकोे उनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारमाध्यमलाई बताए ।

सिरियाको भूमिलाई केन्द्र सरकारको नियन्त्रणमा ल्याउने बृहत् यात्रा अब करिब अन्त्यतिर पुगेको असदले पुटिनलाई बताउनुभएको रूसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।