आर्थिक

मुक्तिनाथ विकास र एनआईबिएल एस क्यापिटलबीच सम्झौता

काठमाडौं । मुक्तिनाथविकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गतथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात देशभरी रहेको ग्राहकहरुलाई समेट्ने गरी सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि सम्बन्धी कार्य गर्न सक्नेछन् ।