आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

काठमाडौं । मुक्तिनाथविकास बैंक लि. ले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको सानातथा लघु बैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनी माया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकममिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई बैँकका दमौली शाखाका शाखा प्रमुख उदय राज तिमिल्सिना, साना तथा लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर बहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम रु. ५४,२७८/– र काजकिरिया खर्च रु. ५,०००/– समेत गरी रु. ५९,२७८./–बराबरको चेक हस्तान्तरण गरेको र तिर्न बाँकीरहेको कर्जा रु२,११,४४०/–समेत मिनाहागरिएको बैंकले जनाएको छ ।