आर्थिक

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा

लमजुङ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न दुर्गम स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ लम्जुङको ठुलीेबेसीमा ४४औं र तनहुँको टुहुरेपसलमा ४५औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

पौष २१ गते सोमबार आयोजित एक कार्यक्रममा ४४ औं शाखारहित बैंकिङ्ग सेवा मर्स्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिला प्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि  कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

यसै क्रममा पौष २२ गते मंगलबार ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुखतारा नरेश पौडेलले उद्घाटन गरे । नगरपालिकाका प्रमुख तारा नरेश पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख  रवीन्द्र के. सी ले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि  विष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

दुवै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।