आर्थिक

माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’

काठमाडौं । आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे ग्राहकसेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । ग्राहक महानुभावहरुलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय स्तरको SIP PBX मा आधरित IVR बैंकिङ र audio Notice board संजालमार्फत सिधै ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन् ।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्नेछ । ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।

स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाताखोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जालतथा १७९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मिसिनमार्फत बाट ग्राहकहरुलाई अत्याधुनिकप्र विधिसहित सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरीरहेको छ ।