समाचार

निराला खड्का न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रपार्क–७ काठमाडौँ निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र तह नं ३४) लक्ष्मीबहादुुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमा जनाएका छन् ।