अन्तर्राष्ट्रिय

सुलेमानीको अन्त्येष्टि सभामा एक्कासी भागदौड मच्चियो, मृत्यु हुनेको संख्या ३५ पुग्यो, ४८ जना घाइते

एजेन्सी । गत शुक्रबार राजनीतिक गरिएको इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौडमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । उनको अन्त्येष्टिका लागि हजारौं इरानी जम्ममा भएका थिए ।

उक्त अन्त्येष्टि सभामा एक्कासि भागदौड मच्चिएको थियो । उक्त भागदौडमा ४८ जनाभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनको हत्या सँगै वासिंगटन र तेहरानबीच द्वन्दको अवस्था सिर्जित भएको छ । अमेरिका र इरानबीच युद्ध हुनसक्ने त्रासले पछिल्लो दिनहरूमा विश्व शसंकित बनाएको छ ।

सुलेमानी इरानका सर्वोच्च नेता खामेनी पछिका दोस्रो दर्जाका शक्तिशाली व्यक्ति हुन् । अमेरिकाले सुलेमानीलाई एक आतंककारी र अमेरिकी सैन्य टुकुडीका लागि त्रासको रुपमा हेर्दै आएको थियो ।

एकातर्फ सुलेमानीको हत्यापश्चात (आइतबार) इरानले सन् २०१५ गरिएको न्युक्लियर डिललाई रद्द गरिएको घोषणा गरिसकेको छ भने अर्कोतर्फ राष्ट्रपति ट्रम्पले धम्किपूर्ण अभिव्यक्तिहरू दिँदै आइरहेका छन्  ।