पु.समाचार

कान्तिपुर, देशसन्चार लगायतका पत्रकारहरू माथि हमला, मेयरको कार्यकक्षभित्रै कुटपिट..

धनुषा । नेपालको दक्षिण सीमाको मध्यपुर्वी क्षेत्रमा अवस्थित जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि कुटपिट भएको छ ।

मेयर लाककिशोर साहकै कार्यकक्षमा हातपात भएको हो । देशसञ्चार अनलाइनका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहितका पत्रकारहरुमाथि कुटपिट भएको स्रोतले बताएको छ ।

मेयर र उनका सहयोगीहरुले हेलमेटले कुटेको कान्तिपुर टिभीका समाचारदाता अमरकान्तले बताए । पत्रकारहरु मेयरको भनाई लिन उनको कक्षमा पुगेका थिए ।