पर्यटन/संस्कृति

पर्यटनमन्त्रीको खण्डनः अष्ट्रेलियामा प्रहरीले रोकेको होइन, कार्यक्रम सफल भयो

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा अष्ट्रेलियाको सिड्नी शहरमा आयोजित प्रचारप्रसार र्‍यालीमाथि सिड्नी प्रहरीले रोक लगाएको समाचारको मन्त्री भट्टराईले खण्डन गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेखेर समाचारको खण्डन गरेका हुन् ।

भ्रमण वर्ष-२०२० लक्षित उनी हाल अष्ट्रेलियामा विभिन्न प्रचारात्मक कार्यक्रममा व्यस्त छन् । मंगलबार मन्त्री भट्टराई नेतृत्वको टोलीलाई अष्ट्रेलियाको सिड्नीमा पर्यटन वर्ष उद्घाटनका क्रममा त्यहाँको सरकारसँग समन्वय नगरेको भन्दै प्रहरीले रोकेको खबर विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए । मन्त्री भट्टराईले ती समाचारहरूको खण्डन गरेका हुन् ।

उनले भनेका छन्, अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएन लगायतका सङ्घ संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।