अन्तर्राष्ट्रिय

अब हामी सुरक्षित छैनौं, मुस्लिम देशहरू एकजुट हुने समय आएको छ- प्रधानमन्त्री मोहम्मद

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बाहिरी खतराबाट जोगिन मुस्लिम देशहरूले एकजुट हुनुपर्ने आवश्यकता औल्याएका छन् । आज(मंगलबार) प्रधानमन्त्री मोहम्मदले अमेरिकीले ईरानी उच्च सैन्य कमाण्डर कासिम सोलेमानीको हत्यालाई अनैतिक घटना भएको उल्लेख गरेका छन् ।

भर्खरैका महिनाहरूमा मुस्लिम संसारका मुद्दाहरूमा बोल्दै कूटनीतिक तनाव बढाएका विश्वको सबैभन्दा पुरानो प्रधानमन्त्री  मोहम्मदले सोलेमानीमाथि अमेरिकी ड्रोन हमला अन्तर्राष्ट्रिय कानूनको विरूद्ध भएको जिकिर गरेका हुन् ।

गत शुक्रबार बगदादमा सोलेमानीको हत्याले मध्य पूर्वमा व्यापक द्वन्द्वको डर जगाएको छ । ९४ वर्षीय महाथिरले भने कि यसले ‘आतंकवाद भनेको के हो’ भन्ने कुरा बताउन सक्छ ।

“मुस्लिम देशहरुले एकजुट हुने समय आएको छ,” महाथिरले पत्रकारहरुलाई भने । “हामी अब सुरक्षित छैनौं । यदि कसैले अपमान वा केहि कुरा गर्छ भने त्यसको प्रतिरोध गर्नुपर्छ । “

बुर्का लगाउने महिला लगायत करीव ५० जना मलेसियाको राजधानी कुलालम्पुरस्थित इरानी दूतावास बाहिर “डाउन, डाउन युएसए” भनेर नारावाजी गरेका थिए । मध्य पूर्वी देशमा अमेरिकी प्रतिबन्ध भए पनि महाथिरले इरानसँग राम्रो सम्बन्ध कायम गर्न खोजेका छन् । अनुमानित १०,००० इरानीहरू मलेसियामा बसोबास गर्दछन् ।