पर्यटन/संस्कृति

पर्यटनमन्त्री सहभागी भ्रमण वर्ष प्रचार र्यालीलाई किन रोक्यो अष्ट्रेलीयन प्रहरीले ? यस्तो छ कारण !

काठमाडौं । अनुमती बेगर र्याली निकालेको भन्दै अष्ट्रेलियामा प्रहरीले भ्रमण वर्षको प्रचार टोलीलाई अबरोध गरेको छ । पर्यटन मन्त्री योगेस भट्टराई लगाएतको टोलीले सडकमा र्याली निकाल्नै लाग्दा त्यहाँको स्थानीय प्रहरीले रोकेको बताईएको छ ।

उक्त कार्यक्रममा पर्यटनमन्त्री भट्टराई सहित अष्ट्रेलीयाका राजदुत महेश दाहाल, गैर आवासीय नेपाली संघका पदाधिकारी लगाएको सहभागीता थियो । अष्ट्रेलीयााम नै भ्रमण वर्ष २०२० को प्रचार गर्ने पर्यटनमन्त्री भट्टराई केहीदिन अघि अष्ट्रेलिया पुगेका थिए ।

यस्तै कार्यक्रममा उपस्थितका अनुसार एनएसडब्लु प्रहरीले खनुमति विना र्याली निकालेको भन्दै अघि नवढ्न चेतावनी दिएको बताईएको छ । उक्त र्यालीले फुटपाथमा हिँड्ने पैदल यात्रुलाई असर गर्ने देएिपछि र्याली रोकिएको हुनसक्ने आसंका गरिएको छ ।

यसैबिच आजै नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिने कार्यक्रम समेत रहेको छ । उद्घाटन पुर्व गरिएके र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत आज भव्य शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भव्य समारोहका बीच सिड्नीमा भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ ।

राष्ट्रियरूपमा भ्रमण वर्षको सन् २०२० जनवरी १ ९पुस १६ गते० काठमाडौैँको दशरथ रङगशालामा भव्य समारोहबीच राष्ट्रराष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकि थिईन् ।