प्रदेश 1

संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल नगरपालिका सङ्घद्वारा सोमबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिएका हुन् । उनले भने,“ साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्छ ।

मुख्यमन्त्री राईले स्थानीय तहले कानून निर्माण, कार्यान्वयन र जनतामा नजिता पस्कनुपर्नेमा जोड दिँदै आगामी दिनमा प्रदेश सरकारले कानून निर्माणमा स्थानीय तहसँग सहकार्य गर्ने छ भने ।  प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले संविधान निर्दिष्ट अधिकार कतैबाट कटौती हुन नहुने चर्चा गर्दै स्वास्थ्य, माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई नै भएको बताएका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताको सरकार स्थानीय निकाय भएको चर्चा गर्दै यसको सफल सञ्चालनबाट प्रदेश सरकारको सफलता जोडिएको हुन्छ भने । नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष अशोक ब्याञ्जूले संविधानको भावना अनुसार सङ्घीयतालाई सफल कार्यान्वयन गर्न स्थानीय तहलाई बलियो बनाउनुपर्छ भने ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्घ, प्रदेश र स्थानीय निकायको बीच आपसी समन्वयवाट दिगो विकासको लक्ष्य पूरा हुने धारणा व्यक्त गरेका हुन् । सहभागी नगरपालिकाका प्रमुख र उपप्रमुखले पूर्वाधार बाँडफाँटमा समस्या आएको, १५ श्यया अस्पतालमा चिकित्सक दरबन्दीमा छलफल नभएको, ढुङगागुट्टीको मूल्य प्रदेश सरकारले तोक्ने गरेको, मध्यावधिक समीक्षा गर्नुपर्ने धारणा राखेका थिए