आर्थिक

घट्यो सुनको मुल्यः तोलामा कति रुपैयाँ (हेर्नुहोस्)

बिगत केही दिनदेखी आकासिएको सुनको भाउमा आज भने केही राहत भएको छ । लगातार बढीरहेको भाउ तोलमा ५ सयले घटेर आजकेही सस्तो भएको हो ।

हिजो ७६ हजारमा कारोबार भएको सुनको भाउ आज तोलाको ७५ हजार पाँचसय पुगेको सुनचाँदी व्यवसायी महासङघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि केही घटको छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

भाउ बढेपछि नेपाली बजारमा कारोबार पनि प्रभावित भएको छ । केही दिनमा सुनको भाउ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए। मध्यपूर्वमा तनाव उत्पन्न भएपछि त्यसको असर नेपालमा पनि परेको महासंघको भनाइ छ ।