लुम्बिनी

बुटवल टेक्निकल कलेजमा हाजिर जवाफ सम्पन्न

बुटवल । बुटवल टेक्निकल कलेज मा विद्यार्थी हरुमा रहेको अन्तरनीहित प्रतिभाको उजागर गर्ने उद्येश्यका साथ अन्र्तर सदनात्मक हाजिर जवाफ कार्यक्रम सम्न्न भएको छ ।

कलेजका प्रिन्सिपल सुशिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न हाजिर जवाफ कार्यक्रममा तुल्सी राम थारुको टिम प्रथम, राजेन्द्र चौहान टिम दोस्रो, र राम नरेश वराहीको टोली तेस्रो भएको थियो ।

कलेज प्रिन्सिपल श्रेष्ठले विद्यालयमा गरिने यस्ता कार्यक्रमले बालबालीको बौद्धिक क्षमतामा वृद्धि हुने भएकाले यास्ता कार्यक्रमको महत्व हनुे बताएका थिए । यस्तै एस.ई ई . परिक्षा पछि प्राविधिक तथा सीपमुल क्षेत्रमा लाग्न राम्म्रो हुने प्रिन्सिपल श्रेष्ठले जानाकारी दिए ।

प्रिन्सिपल श्रेष्ठले प्राविधिक शिक्षाको महत्व दर्साउँदै कक्षागत रुपमा अपक्षित नतिजा प्राप्त गर्न नसक्ने वा साधारण विषयतर्फ भन्दा प्राविधिकका विषय बढि रुचि राख्ने विद्यार्थाीका लागी यो निकै उपयोगि रहेको र यसले सीप सिकाईमा जोड दिने भएकोले स्वरोजगार बन्न सहगोग पुर्याउने समेत बताए ।

अहिले साधारण तर्फको जस्तै प्राविकतर्फ पनि तहगत रुपमा शैक्षिक योग्यता वढाउदै लैजान सकिने भएकोले एसईई पछि यस क्षेत्रमा आउनेहरु बढेका छन ।