उर्जा

उपत्यकामा ७ घण्टा बत्ती जाने, कुन–कुन स्थानमा जान्छ ? (विस्तृतमा)

काठमाडौं । चक्रपथ विस्तारका लागि रुख कटान गर्नुपर्ने भएकाले आज काठमाडौंका बिभिन्न स्थानको विजुलि अवरुद्ध हुने भएको छ । उक्त कार्यलाई सहज बनाउनका लागि आज ओम फिडरबाट वितरण हुने र्लान ७ घण्टासम्म बन्द हुने भएको हो ।

काठमाडौंका विभिन्न स्थान सुकेधारा, न्यु कोलोनी, निलो पुल, लगाएतको क्षेत्रमा बिहान ९ बजेदेखी अपरान्ह ४ वजेसम्म बक्ति जाने भएको हो ।

साथै रुख कटानको काम सकिएपछी लाईनको सेवा सुचारु गरिने भएको छ । काठमाण्डौको केही ठाउँमा आज सात घण्टा बिजुली जाने भएको छ ।

चक्रपथ विस्तारको लागि रुख काट्नुपर्ने भएकाले आज महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरण हुने लाइन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यो लाइन बन्द हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा सात घण्टा बिजुली नआउने भएको हो । रुख कटानको काम सम्पन्न हुने बित्तिकै सेवा सुचारु गरिने प्राधिकरणले जनाएको छ ।