स्वास्थ्य

यस्ता खानेकुरा खाँदा घट्ने गर्दछ तौल हेर्नुहोस्

काठमाडौं । आजभोलीको समयमा हरकोही व्यक्ति स्वस्थ मात्रै होईन फुर्तिलो पनि हुन चाहन्छ । हर कोही व्यक्ति आफनो सरिरको मेन्टेन गर्न चाहन् छ मोटो र भद्दा भन्दा पातलो अझ भन्नु पर्दा सिलिम बन्न चाहन्छ । साथै आफनो शरिरशको तौल घटाउन चाहन्छ जस्का लागि खाना थोरै खाने गर्दछन् । तर हामीलाई यो कुरा थाहा छैन कि शरिरलाई आवस्यक पर्ने जती खानै पर्छ । किनभने हरेक खानेकुरामा कन्ट्रोल गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ । वजन घटाउन खाएको ९क्यालोरी०भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानाको मात्रा धेरै हुनुपर्छ ।

क्यालोरी बढी हुने भएकाले बिहान र दिउँसोको खाजा र सकिन्छ भने रातिको खानामा पनि मासुजन्य परिकारको सट्टा सागसब्जी खानपर्छ । सागसब्जीमा क्यालोरीको मात्रा कम हुन्छ । सन् २०१२ मा कोर्नेल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले प्लेट र खानाको रङ एउटै भएको अवस्थामा मानिसले खाना बढी मात्रामा उपभोग गरेको पाइएको थियो ।

त्यही भएर थोरै खाने मन भए खाना र प्लेटको कलर भिन्न होस् भन्नेमा जोड दिनुस् । सलाद आदिमा क्यालोरी कम हुने भएकाले हरियो प्लेटमा हरियो सलाद खाने गर्नुस् । मधुरो संगीत र बत्तीमा मानिसले बिस्तारै खाने गर्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । समय लगाएर खाना खाइयो भने थोरै खाइन्छ । त्यही भएर खाने बेलामा मधुरो बत्ती बालेर संगीत सुन्ने गर्नुपर्छ । हरेक दिनको सुरुवात पानी पिएर गर्नुस् । बिहानै पानी पिउनाले डिहाइड्रेसन हुँदैन । जसले गर्दा भोक लागिरहेको महसुस हुन दिँदैन र आवश्यकताभन्दा बढी खानबाट जोगाउँछ ।

बढी चपाएर खाना खान बढी समय लाग्छ। बढी समय लगाएर खाना खायो भने खानाको मात्रा घट्छ। त्यही भएर खूब चपाएर खाने गर्नुस्। चम्चाले खाने गर्नुभएको छ भने एक चम्चा खाना मुखमा हालिसकेपछि चम्चा प्लेटमा राख्नुस् । चम्चा हातमै राखियो भने छिटो(छिटो खाइन्छ। सुन्तला, केरा, ओखर, बदामजस्ता छोडाएर अथवा ताछेर खाने खानामा बढी जोड दिनुस् ।

ताछ्ने र छोडाउने गर्न बढी समय लाग्छ, जसले गर्दा यस्ता खाना थोरैमात्र खाइन्छ। ताछेर खाने फलफूलभन्दा नताछी खाने फलफूल बढी खाइन्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । सन् २००७ मा गरिएको एउटा अनुसन्धानले खानाअघि एपेटाइजरका रूपमा सुप खानाले क्यालोरी इनटेक २० प्रतिशतले कम हुने पत्ता लगाएको थियो। त्यही भएर क्यालोरीको खपत घटाउनुछ भने खाना खानुअघि भेजिटेबल सुप खाने गर्नुस् ।