पु.समाचार

मुलुकभरको मौसम पुर्णतः सफा हुन अझै तीनदिन लग्छः मौसमवीद

काठमाडौं । लगातार केही दिनसम्म मुलुकभर परेको वार्षका मौसमका अँझै सफा हुन सकेको छैन् । पश्चिमी न्यून चापीय प्रभाव सक्रिय रहेका कारण नेपालको मौसम सफा हुन अझै चार दिन लाग्ने भएको हो । मौसमविद् शान्ति कँणेलका अनुसार यो प्रभाव तीन दिन नेपालमै रहने छ । यसका कारण मौसम बिहीबारसम्म सुधार हुने छैन ।

उनका अनुसार काठमाडौंमा मंगलबार बिहान हुस्सु लागेको छ । बादल छ । त्यस्तै तुसारो पनि रहेको छ । पश्चिममा बदली रहेको छ भने पूर्वमा आंशिक बदली रहेको छ । पश्चिममा उच्च हिमाली तथा पहाडीमा हिमपात हुनेछ ।

तराईमा वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बदली रहेको र वर्षाको सम्भावना कम रहेको पनि मौसमविद् कँडेलले बताइन् । पश्चिममा भने मंगलबार घाम नलाग्ने उनले पूर्वानुमान गरिन् ।

काठमाडौंको न्यूनतम तापक्रम (मंगलबार) आज बिहान ४.२ डिग्री सेल्सियस रह्यो । सोमबारको तुलनामा यो बढी हो । सोमबार एकाएक तापक्रम घटेर १.६ डिग्री पुगेको थियो । भिजिबिलिटी भने २ किलोमिटरमात्र रहेको छ ।

यो क्रम अझै घट्न सक्ने बताइएको छ । कम भिजिबिलिटीका कारण हवाइ उडानमा समस्या हुन सक्ने देखिएको छ । तराईका उडानमा पनि समस्या हुन सक्नेछ