आर्थिक

सन्राइज बैंकको दोधारा चाँदनीमा १३० औं शाखा विस्तार

काठमाडौें । सन्राइज बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने क्रममा सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला स्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ । सोमबार आयोजित उद्घाटन समारोहमा महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गरेका थिए । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यस क्षेत्रमा बैंकले थप लगानी गर्दै जाने जानकारी दिए ।

हालसम्म सन्राइज बैंकले १३० वटा शाखा, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५१ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको छ ।