खेलकुद

राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा “VICTORY Marathon & Unity Run” आयोजना हुँदै

काठमाडौं । नेपाल र नेपाली सेनाको ईतिहास प्रवर्द्धन गर्न बुटवल स्थित जितगढी किल्लाको संरक्षण एवं प्रचार प्रसार सहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग गर्ने उद्देश्यका साथ मध्य पश्‍चिम पृतना हे.क्वा. बुटवलको संयोजकत्वमा पौष २७ गते राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा जितगढी “VICTORY Marathon & Unity Run” कार्यक्रम हुने भएको छ ।

हाल कम चर्चामा रहेका नेपालीहरुको राष्ट्रिय पहिचान गढी एवं किल्लाहरुलाई ब्यवस्थित ढंगबाट जगेर्ना गरी पुर्खाहरुको बलिदानलाई निरन्तरता दिन नेपाली सेनाले एकीकरण पद मार्गको पहिचान गरी त्यसको ऐतिहासिक महत्व उजागर गर्न नेतृत्वदायी भुमिका खेल्दै आएको छ । नेपाल एकीकरणको दौरान कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेको फौजले बुटवलको जितगढी, नुवाकोट गढी आदी स्थानहरुमा भएको आक्रमणलाई विफल तुल्याई विजय हासिल गरेको हुँदा नेपाली सैनिक ईतिहासमा बुटवलको जितगढी तथा नुवाकोट गढीको विशेष महत्व रहेको छ ।

उक्त जितगढी “VICTORY Marathon & Unity Run” को Full Marathon ४२ कि.मि.तर्फको प्रथम पुरस्कार नगद १ लाख, द्धितीय ५० हजार र तृतीय २५ हजार रहेको छ । त्यस्तैगरी Full Marathon ४२ कि.मि. महिलातर्फ प्रथमले नगद १ लाख, द्धितीय ५० हजार र तृतीय २५ हजार रहेको छ ।

Half Marathon २१ कि.मि. पुरुषतर्फका प्रथम पुरस्कार ५० हजार, द्धितीय २५ हजार र तृतीय १५ हजार रहेको छ । Half Marathon २१ कि.मि. महिलातर्फका प्रथम पुरस्कार ५० हजार द्धितीय २५ हजार र तृतीयको लागि १५ हजार रहेको छ ।