बाग्मती

प्रहरीले गर्यो ६० बिगाहा १० कठ्ठा र अफिम ५० बिगाहा ६ कठ्ठा गाँजा खेती नष्ट

मकवानपुर । पुस १६ गतेदेखि १९ गतेसम्म यस व्यूरोबाट प्र.ना.नि.को कमाण्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७८ जनाको टोलीले अवैध रूपमा खेती गरी लगाईएको लागू औषध गाँजा ६० बिगाहा १० कठ्ठा र अफिम ५० बिगाहा ६ कठ्ठा फडानी गरी नष्ट गरिएकोछ ।

मकवानपुर, राक्सीराङ गाँउपालीकाको ज्यामुङ, डन्डुटार, सुनारी, सौराहा, सानो भावर, रानीवाङ, माकदमार, देवीटार, काकडा, ठूलोभावर, सिम्किम, बटार, पाङबुङ, ऐ.गा.पा. वडा नं. ४ को बिभिन्न एरिया लगायतका स्थानहरूमा अवैध रूपमा खेती गरी लगाईएको लागू औषध गाँजा फडानी गरी नष्ट गरिएको प्रहरीले जानकारी दिए ।