अन्तर्राष्ट्रिय

सुलेमानीको छोरीको चेतावनी-‘ए पागल ट्रम्प, तिमी मूर्ख हौं, तिम्रो सेनाको परिवारले मृत्यु पर्खीरहेका छन् ।’

एजेन्सी । पछिल्लो समय वासिङ्टन र तेहरानबीच द्वन्दको अवस्था सिर्जना हुने खतरा बढेको छ । गत बिहिबार राष्ट्रपति ट्रम्पको निर्देशनमा मारिएका इरानी उच्च सेनिक कमान्डर कासिम सुलेमानीकी छोरीले आफ्नो बुवाको मृत्युले अमेरिका र इरानका लागि कालो दिने निम्त्‍याउने चेतावनी दिएकी छन् ।

जिनाब सुलेमानीले ई-प्रतिरोधी मोर्चामा थप आक्रोश पैदा गर्न र त्यसले अमेरिका र इजराइलका लागि कालो दिन निम्त्याउने र मध्यपूर्वी क्षेत्रमा खटिएका अमेरिकी सेनाका परिवारले उनीहरुको मृत्यु पर्खिरहेको बताएकी छन् । 

उनले आफ्नो बुबाको अन्तिम संस्कारका लागि तेहरान विश्‍वविद्यालयमा उपस्थित भीडलाई सम्बोधन गर्दै सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शत्रुतापूर्ण योजनाअनुसार सुलेमानी र इराकी मिलिसिया कमान्डर अबु महदी मुहान्दीको हत्या गरी इरान र इराकबीच दरार पैदा गर्न खोजेको बताइन् । 

उनले भनिन्, “ट्रम्प तिमी साँच्चिकै जुवाडे हौं । सुलेमानी र महदीको हत्याको रणनीतिक गल्तीले इरान र इराकलाई अलग पार्ने खराब योजना असफल भएको छ । यसले दुई मुलुकबीचको आपसी मनमुटावलाई अन्त्य गर्दै ऐतिहासिक एकता कायम गरेको छ ।” 

“ए, पागल ट्रम्प, तिमी मूर्ख हौं र तिमी अन्तर्राष्ट्रिय यहुदीको खेलौना हौं,” उनले थपिन्, “यस प्रकारको जघन्‍य अपराधले अमेरिकी अपराधिक र धम्कीपूर्ण भावना अभिव्यक्त गरेको छ । यस घटनाले प्यालेस्टाइनको भूमिमा गराएको रक्तपातलाई पनि ओझेलमा पारेको छ ।”