अन्तर्राष्ट्रिय

‘ट्रम्पको टाउको’ ल्याउनेलाई ८ करोड डलर पुरस्कार

तेहरान ।  दक्षिण-पश्चिम एसियाली देश इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि अमेरिका–इरान सम्बन्ध उच्च तनावको अवस्थामा छ ।

उच्च सैन्य कमाण्डर सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकिएको हो ।

गएको शुक्रबार इराकको राजधानी बग्दादमा रहेको विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकी हवाई आक्रमणमा परि सुलेमानीको मृत्यु भएको थियो । सुलेमानीको शव आइतबार इरानको मसद पुर्‍याईँको थियो । सो भिडमा सुलेमानीका प्रशंसकहरु  थिए । सुलेमानीको शव स्वदेश ल्याईँदा गरिएको र्‍यालीको प्रत्यक्ष प्रशारण इरानको राष्ट्रिय टेलिभिजनबाट भइरहेको थियो ।

प्रत्यक्ष प्रशारण भइरहेका बेला सुलेमानीका एक प्रशंसकले हवाई आक्रमणका लागि आदेश दिने अमेरिकी राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई इरानका जनसंख्या (८ करोड) बराबरको अमेरिकी डलर इनाम दिने घोषणा गरे । इरान सरकारको तर्फबाट आधिकारिक रुपमा ट्रम्पको टाउकोको मूल्य तोकिएको भने होइन ।

राष्ट्रपति ट्रम्पले यदि इरानले आक्रमण गरे त्यसको जवाफ तुरुन्त दिने प्रतिक्रिया जनाउँदै आएका छन् । उनले आइतबार मात्रै ट्वीटरमार्फत इरानको आक्रमणको जवाफ नयाँ हतियारबाट गर्ने चेतावनी दिएका थिए ।