पु.समाचार

यातायात व्यवसायी र ट्राफिक प्रहरीबीच १९ बुँदे प्रतिबद्धता

काठमाडौं । काठमाडौं उपत्याकामा चल्ने सार्वजनिक सवारीमा यात्रुहरुले हैरानी खेप्नु परेको गुनासा बढेसँगै यातायात व्यवसायी र ट्राफिक प्रहरीबीच १९ बुँदे प्रतिबद्धता भएको छ ।

यात्रीहरुलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले अघि सारेका १९ बुँदे प्रतिबद्धतामा लागू गर्न सहमत भएका हुन ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालको संयोजनमा महाशाखामा सरोकारवाला पक्षसँग भएको छलफलपछि यातायात व्यवसायीले १९ बुँदे प्रतिबद्धता जनाएका हुन् ।

जसमा क्षमता भन्दा बढि यात्रु बोक्न नपाइने, सवारी साधनको ढोका बन्द हुनु पर्ने, यात्रीसँग राम्रो व्यवहार गर्नु पर्ने, आरक्षण सिटको पालना गर्नु पर्ने, चालकले मोबाल फोन प्रयोग गर्न नपाइने, नियमित सवारी साधन सफा गर्नु पर्ने, सवारी चलाउँदा अनिवार्य जुत्ता लगाउनु पर्ने, तोकिएको ठाउँमा मात्र यात्रु चढाउने र ओराल्ने गर्नु पर्ने लगायतका प्रतिबद्धता भएका छन् ।

यस्ता छन १९ बुँदे  प्रतिवद्धता

1_cuNHxtFhlH