साहित्य

अधिकारवादी नेता पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ बजारमा

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ नामक पुस्तक प्रकाशित भएको छ ।

यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ आलेख सङ्ग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो ।

रु ३०० मूल्य रहेको १२२ पृष्ठको यो पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम शान्ति समाजको अभियान र कार्यक्रममा खर्च गरिने सभापति उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

साहित्य÷सिर्जना फाँटमा समेत सक्रिय मानव अधिकारवादी नेता पहाडीका दुई कथा सङ्ग्रह, एउटा उपन्यास, दुई गीत सङ्ग्रह, दुई नियात्रा, दुई नाटक सङ्ग्रह, चार कविता सङ्ग्रह, दुई मुक्तक सङ्ग्रह र छ आलेख सङ्ग्रह, जेल जर्नल, दुई प्रबन्ध÷निबन्ध सङ्ग्रह, एउटा अङ्ग्रेजी कविता सङ्ग्रह र एउटा हिन्दी कविता सङ्ग्रह गरी २९ पुस्तक प्रकाशित भइसकेको उनले बताए ।