प्रवास

राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विश्वभर मनाउदै

काठमाडौं । राप्रपाले विश्वभर रहेका प्रवास संगठन मार्फत २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएको छ ।

नेपालमा पौष २६, २७ र २८ तीन दिन सम्म भव्यताका साथ मनाई रहेको अवस्थामा प्रवास क्षेत्रमा पनि प्रवचन,चियापान,खेलकुद लगायतका विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउन लागिएको प्रवास विभाग प्रमुख एवं केन्द्रीय सदस्य विजय खडकाले जानकारी दिएका छन् ।

उनले प्रवासका कार्यक्रमहरूमा राजदुत, महावाणिज्य दुत, एनआरएनएका पदाधिकारीहरू,उच्च सामाजिक व्यक्तित्वका साथ‌ै विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिने वताए । नेपाल राष्ट्रको निर्माताको उच्च सम्मानका साथ जन्म जयन्ती मनाउने सिलसिलामा सरकार संग सार्वजनिक विदाको माग समेत गरिएको छ ।

अमेरिकामा प्रवासी नेपाली एकता समाजले भव्यरूपमा न्युयोर्कमा पृथ्वी जयन्ती मनाउने अध्यक्ष राजेन्द्र शेरचनले जानकारी दिए,उक्त कार्यक्रमको संयोजन न्युयोर्क समिति र महासचिव नवराज खडकाले गर्ने छन्, त्यस्तै विभिन्न संघ संस्था संगको सहकार्यमा अष्ट्रेलिया ,क्यानाडा , वेलायत,स्कटल्याण्डमा पनि पृथ्वी जयन्ती भव्यरूपमा मनाईने छ ।

आयरलैण्डमा मैत्रीपूर्ण खेलकुद आयोयोजना गर्न लागिएको प्रवासी नेपाली एकता समाजका अध्यक्ष कृष्ण जिसीले वताए,त्यस्तै वेल्जियमा समाजका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाउन लागिएको अध्यक्ष दिपेन्द्र केसीले जानकारी दिए उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष महेन्द्र पंत लगायत कार्यसमितिले गर्नेछ ।

त्यस्तै जर्मनको ह्यम्वर्गमा अध्यक्ष विजय शाहीको नेतृत्वमा भव्यताका साथ पृथ्वी जयन्ती मनाउन लागिएको प्रवक्ता अर्जुन ओलिले जानकारी दिए,युरोपको नेदरल्यान्ड लगायत अन्य सहरहरूमा समेत कार्यक्रमको आयोजना गरिने छ ।

राप्रपाको उल्लेख्य उपस्थिति रहेको युएईको दुवईमा एक भव्य कार्यक्रम आयोजना गरिएको अध्यक्ष शशि सिलवालले जानकारी दिए,वरिष्ठ सल्लाहकार विश्वदेव शाह लगायतका कार्य समितिले कार्यक्रमको संयोजन गर्नेछ ।

युएई लगायत कुवेत,ओमान,कतार,साउदी अरेवियामा समेत कार्यक्रम गरिने राप्रपा प्रवास मध्यपुर्व संयोजक तोयानाथ लम्सालले वताए,त्यस्तै विगत वर्षहरूमा समेत भव्य कार्यक्रमको आयोजना गरिएको हङकङमा यो वर्ष पनि उत्साहका साथ पृथ्वी जयन्ती मनाईने हङकङका अध्यक्ष ईश्वर विक्रम शाहले जानकारी दिए,मलेशियामा अध्यक्ष योगेन्द्र कुवर,जापानमा सह संरक्षक रघुदिप खडका,कोरियामा अध्यक्ष रविन हुँमागाईको नेतृत्वमा पृथ्वी जयन्ती मनाईने छ ।

त्यस्तै भर्खरै संगठन विस्तार गरिएको दिल्लीमा प्रवासी नेपाली एकता समाजले भव्यताका साथ कार्यक्रम गर्ने प्रवक्ता सिवी क्षेत्रीले जानकारी दिए,त्यस्तै भारतको मुम्बई लगाएत नेपाली वाहुल्य क्षेत्रमा समेत पृथ्वी जयन्ती मनाउन लागिएको मुम्बई राप्रपाका प्रवासी नेता मोतिलाल न्यौपानेले जानकारी दिए।