राजनीति

सभापतिको कदमविरुद्ध लड्न भन्दै पौडेल पक्षले डाक्यो आफू पक्षीय जिल्ला सभापतिहरुको भेला

काठमाडौं । नेपाली कांग्रेस सभापती शेरबहादु देउबाले एकलौटी निर्णय गरेपछि असन्तुष्ट पक्षा अँझ चिढिएको छ । सभापती देउवाले रामचन्द्र पौडेर र कृष्णप्रसाद सिटौला पक्षको असहमतीका बाजुत केन्द्रिय समितीले महाधेवेशनको मिति लगाएत महत्वपुर्ण निर्णय बहुमतका आधारमा एकलौटि गरेको भन्दै पौडेल पक्ष आक्रोसित भएको छ ।

यति मात्रै होईन सभापती पार्टीको नभई केही व्यक्तिको मात्र सभापती सयको निष्कर्श निकाल्दै देउबाको निर्णयको बिरोध गर्ने भएको छ । १४ औं महाधिवेशनको विषयलाई लिएर पार्टीमा विवाद चुलिएको छ । जस्का कारण पार्टि विभाजित देखिको छ ।

यस्तै असन्तुष्ट पक्षले आफुपक्षीय सभापतीहरुको भेला समेत डाकेको छ । सभापती देउवाको कदमका बिरुद्धमा बिरोध गर्ने भन्दै असन्तुष्ट पक्षले आज पार्टी कार्यालय सानेपामा भेलाको आयोजना गर्दै छ । जस्का लागि भेलामा सहभागीका लागि सभापतीहरु काठमाडौंमा छन् । 

देउवाले एकलौटि ढंगले पेलेर जान लागेकोले जिल्ला सभापतीहरुसंग छलफल गरेर अगाडी वढ्ने पौडेल पक्षको तयारी छ । पौडे र सिटौला पक्षाको असहमतीका बाबजुत कांग्रेसले १४ औं महाधिवेशन अर्काे फागुनमा गर्ने, पार्टीलाई २८ बाट ४१ पुर्याउने, तरुढदलको कार्यकाल थप्ने लगाएत निर्णय गरेको थियो ।