प्रदेश 1

जनगणनामा स्थानीय जनशक्तिलाई उपयोग गर्न माग

विराटनगर । राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औल्याइएको छ । ‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङद्वारा आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गर्न सुझाव दिएका थिए ।

जनगणना आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदैछ । कार्यक्रमम जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको साधन स्रोतको समुचित बाँडफाँटमा यसले सहयोग पु¥याउने चर्चागर्दै गणना पूर्वअभ्यास गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यालयका प्रमुख अशोकुमार भट्टराईले विदेशमा बस्नेको अनलाइन सूचना सङ्कलनका गर्नुका साथैसाथै ट्याबको प्रयोग गरी सही र विश्वासिलो गणना गर्ने विश्वास दिलाउनुभयो । मोरङ जिल्लामा एक हजार ५०० गणकले जनगणना सङ्कलन गर्ने छन् ।

तीन सय पिण्ट रगत सङ्कलन

रगतको अभावलाई ध्यानमा राखी मारवाडी युवाले युवा दिवसको उपलक्ष्यमा ३०० युनिट रगत सङ्कलन गरेको छन् । नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनले आफ्नो नवौँ राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन गरेको जानकारी दिइयो ।

सङ्ंगठनको पुस ३ गतेदेखि सप्ताहव्यापी मनाउने दिवसको उपलक्ष्यमा नेपालभरि चार क्षेत्र र २४ मञ्चशाखाद्वारा गरिबगुरुवालाई ४०० कम्बल, ४०० क्विण्टल खाद्यान्न फलफूल, एक हजार सेनिटरी प्याड, निःशुल्क भोजन, वृक्षरोपणलगायतका कार्य गरेको महासचिव मनोज अग्रवालले बताए ।

सङ्गठनले विराटनगर, इटहरी, रङ्गेली, इनरुवा, धरान, दुहवी, दमक, धुलाबारी, विर्तामोड, जनकपुर, हनुमान नगर, राजविराज, कलैया, लहान, नारायणघाट हेटौँडा, पोखरा, भैरहवा, नेपालगञ्ज, बुटवल, धनगढी र परासीमामा न्यानो लुगा वितरण, खाजा व्यवस्था, खाद्यान्नलगायतका सामाजिक कार्य गरेको कार्यक्रम संयोजक सन्दीप लालवानीले जानकारी दिएका छन् ।

यसैगरी भ्रमण वर्ष २०२० को सम्बन्धमा स्वदेश तथा विदेशमा रहेका आफन्तलाई धार्मिक, प्राकृति, हिमालय क्षेत्रको परिवारका साथ भ्रमण गर्न प्रचारप्रसार गरिएको सचिव सुनिल विडलाले जनाए ।