पु.समाचार

पश्चिमी न्युन चापीय प्रणालीका कारण मुलुकभर अत्यधीक चिसोः काठमाडौंको तापक्रम आज १.६

काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम १.६ डिग्री सेल्सियसमा झरेको छ । जसका कारण आज काठमाडौं उपत्यकामा अत्यधिक चिसो महशुस गरिएको छ ।

पश्चिमी निम्न चापीय प्रणालीका कारण मुलुकभरी नै चिसो बढेको छ । साथै तराईका जिल्लामा पानी परेको र हिमाली भेगमा अत्यधीक हिँउ परेसंग झनै चिसो बढेको हो ।

मौसम पूर्वानुमान विभागका अनुसार काठमाडौंमा अहिले बिहानको तापक्रम १।६ डिग्री सेल्सियस मापन गरिएको छ। जसकारण उपत्यकामा अत्यधिक चिसो महसुस गरिएको छ ।

आइतबार साँझदेखि नै उपत्यकामा चिसो बढेको थियो । विभागका अनुसार पश्चिमी निम्न चापीय प्रणाली भित्रिएकाले मुलुकभर चिसो बढेको हो । विभागले मुलुकभर आज सामान्यदेखि आंशिक बदली रहने तथा पूर्व र पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्ष हुने पूर्वानुमान गरेको छ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने तथा देशभर चिसो हुने भएकाले सतर्क रहन विभागले अपिल गरेको छ।