खेलकुद

पाँचौ चरणमा प्रवेश गरयो लिभरफुल एफए कपको

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको तेस्रो चरणमा एभर्टनलाई १(० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन १८ वर्षे युवा खेलाडी कुर्टिस जोन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीका सकिएको खेलको ७१ औं मिनेटमा जोन्सले निर्णायक गोल गरे ।

एभर्टनको खेलसँगै ताकुमी मिनामिनोले लिभरपुलमा डेब्यु गरेका छन् । जापानी मिनामिनो जनवरी ट्रान्सफरमा रेडबुल साल्जबर्गबाट लिभरपुल आएका हुन् ।

प्रिमियर लिग प्रतिद्वन्द्वी एभर्टनविरुद्ध लिभरपुलले युवा खेलाडीलाई मैदान उतारेको थियो ।