राजनीति

पार्टी भित्रको विवाद अन्त्य गर्दै काँग्रेस एक ढिक्का भएर अघि बढ्छ बढ्छः नेता केसी

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बहुमतको आधारमा विधानलाई लत्याउने काम अस्वीकार्य हुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र बहुमतको दम्भ देखाएर पार्टी सभापति देउवाले बहुमतका आधारमा विधान मिच्न खोजेको बताए ।

पार्टी भित्रको विवाद अन्त्य गर्दै समाधानको विन्दु निकाल्नुपर्नेमा जोड दिँदै उनले पार्टी पुनः एक ढिक्का भएर अघि बढ्ने दृढता व्यक्त गरे । वर्तमान सरकारले लोकतन्त्रको विधि र मर्ममाथि प्रहार गरिरहेको नेता केसीले आरोप लगाए ।