सामाजिक सञ्जाल

नेता घिमिरे भारतप्रति आक्रोशितः वीर नेपालीको रगत भारतका लागि कहिलेसम्म बगाउने?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले भारतीय सेनामा कार्यरत अर्जुन थापामगरलाई श्रद्धान्जली व्यक्त गर्दै नेपालीहरुले भारतबाट कतिदिन हेपीनुपर्ने भन्दै प्रश्न गरेका छन् । बीर नेपाली यूवाहरुको रगत कहिलेसम्म बगिरहने हो यसरी छिमेकी मुलुक भारतको भूमि रक्षाका लागि ? भन्दै चिन्ता व्यक्त गरेका छन् । नेता घिमिरेले अनि कहिलेसम्म हेपिइरहनु पर्ने हो भारतबाट हामी ? भन्दै प्रश्न गरेका छन् । उनले नेपालको सिमाना अतिक्रमण गर्दा बहुत रमाउने भारत आफ्नो सिमाना जोगाउन भने नेपाली यूवा नैं चाहिने लघुताभाषबाट मुक्त हुने कहिले ? रोजगारीका लागि मुङ्लान जानैं पर्ने दुःखबाट हामी नेपालीले छुटकारा पाउने कहिले होला !! भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

उनको स्टाट्स्ः भारतिय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु। यस दुखद घटनाले शोकाकुल परिवाजन प्रति गहिरो समवेदना समेत प्रकट गर्न चाहन्छु।

बीर नेपाली यूवाहरुको रगत कहिलेसम्म बगिरहने हो यसरी छिमेकी मुलुक भारतको भूमि रक्षाका लागि ? अनि कहिलेसम्म हेपिइरहनु पर्ने हो भारतबाट हामी ? नेपालको सिमाना अतिक्रमण गर्दा बहुत रमाउने भारत आफ्नो सिमाना जोगाउन भने नेपाली यूवा नैं चाहिने लघुताभाषबाट मुक्त हुने कहिले ? रोजगारीका लागि मुङ्लान जानैं पर्ने दुःखबाट हामी नेपालीले छुटकारा पाउने कहिले होला !!