गण्डकी प्रदेश

माघेसक्रान्तिको अवसरमा दर्बुङमा नाचगानसहितको यस्तो भव्य कार्यक्रम हुदै

गोरखा । नेपाल मगर संघ गण्डकी गाउँपालिकाको आयोजनामा माघेसक्रान्ती २०७६ को अवसरमा दर्बुङमा भव्य ‘सास्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ । हराउदै गइरहेको संस्कृति संरक्षण र सम्वद्धर्न गर्नका लागि प्रथम माघेसक्रान्ती कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष झबिन्द्र राना मगरले जानकारि दिए ।

कार्यक्रम माघेसक्रान्तिको दिन माघ १ गते दर्बुङ्को रानिस्वारामा आयोजना हुनेछ । कार्यक्रममा विशेष आकर्षणको रुपमा नृत्य प्रतियोगिताका साथै अन्य विविध सास्कृतिक कार्यक्रहरु हुनेछन् ।

नृत्य प्रतियोगितामा प्रथम हुनेले २० हजार, दास्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका अध्यक्ष झबिन्द्र राना मगरले बताए ।

कार्यक्रममा स्थानिय पन्जे बाजा समुहको प्रस्तुतिका साथै, चुड्का नाच, मारुनी नाच र स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका विशेष आकर्षणहरुमा स्थानिय पन्जे बाजा समुहको प्रस्तुति, चुड्का नाच, मारुनी नाच, गण्डकी गाँउपालिकाको पहिलो होमस्टेको अवलोकन, मगर जातिको खानाका परिकारहरुको प्रर्दशनी, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेका छन् ।