राजनीति

सिटौला/कोइराला देउवाबिरुद्ध खनिएः तपाईलाई गिरिजाबाबु र शुसीलदाले दिएको सम्मान बिर्सनु भो ?

धनकुटा । नेपाली कांग्रेसका पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापती शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउॅन खोजेको आरोप लगाएका छन्।

सभापती देउवाले बिधान लत्याउॅदै अगाडी बढेका कारण पार्टीभित्र सहमती र सहकार्यको लागी अबरोध सिर्जना भएको बताए। देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे, ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला सभापती र रामचन्द्र पौडेल कार्यबाहक सभापती हुदा तपाईलाई सहमतीमै राखेर महाधिवेशन घोषणा गरेको हैन? अहिले तपाई सभापती हुदा सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउॅन कस्ले रोक्यो ? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउॅन खोज्ने?’

जिपी फाउण्डेशन प्रदेश(१ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै सिटौलाले सभापतीको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापती नहुन देउवालाई चेतावनी दिए ।

कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले कम्युनिष्टहरुसॅग लड्नुपर्ने समयमा सभापतीकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताए।

डा कोइरालाले सभापती कांग्रेसको घरमुली भएको बताउॅदै घरभित्रको फरक बिचार र असन्तुष्टीको संबोधन गरेर सबैलाई सॅगै हिडाउॅने काम देउवाकै भएको पनी बताए।

नेपाली कांग्रेसको ईतिहॉसमा आजसम्म सहमतीकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले भने, ‘ अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ती दुर्भाग्य हो’

कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापती गोबिन्द ढुंगाना, धनकुटा कांग्रेसका सभापती अग्नीप्रसाद पौडेल,सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ् लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए।

कार्यक्रममा आयोजकले सिटौला र डा कोइरालालाई एकै माला लगाइदिएका थिए। कार्यक्रममा दुबैै नेताले सभापति देउवालाई तत्कालीन सभापति गिरिजा प्रसाद कोईराला र शुसील कोईरालाले दिएको सम्मान बिर्सनु भयो भन्ने प्रश्न गरेका थिए ।