मनोरञ्जन

नेपाली कथानक चलचित्र लवजोनको ‘मुटुमै हान्यो मायाले’ सार्वजनिक

काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानर ओम कार्किको निर्माण तथा सावर अधिकारी को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लब जोनको ‘मुटुमै हान्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका नित्या शिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ ।

शंकर अधिकारी घायलको निर्देशनमा निमार्ण भएको चलचित्रमा राजन महर्जन को नृत्य रहेको उक्त गीत मा नित्याशिवा र बाबुल गिरी को आवाज रहेको छ भने गजेन्द्र चौधरी को छायांकन रहेको सोलु, रामेछाप आसपास का छेत्रका रमणीय स्थल मा छायांकन गरिएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन मुभी फागुन १ मा रिलिज हुने तयारीमा रहेको छ ।सार्वजनिक गीतमा बिक्रम कार्की र प्रेरणा बोहरा को फिचरिङ रहेको छ ।

‘मुटुमै हान्यो मायाले! गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस ।