आर्थिक

सानिमा बैंकले गर्यो हस्तान्तरण आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन

काठमाडौं । सानिमा बैंक पोखरा, न्युरोड शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिति शनिबार पोखरा मा.न.पा. वडा नं. १७, घारीपाटन स्थित हिमालयआँखा हस्पिटलमाआउने दैनिककरिब ५०० जनाआँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।
उक्त मेसिन सानिमा बैंकका प्रमुखकार्यकारी अधिकृत भुवनकुमार दाहालज्द्वारा हिमालयआँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरे । साथै, बैंकको प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दैजाने बताए । त्यसै गरी हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रतिहार्दिक आभार व्यक्त गरे ।

सानिमा बैंकको हाल७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा७८ वटा ए.टि.एम रहेको छ ।