मनोरञ्जन

सुजनको र स्मृतिको गीत तिम्रो चन्चले चुलबुलेुको भिडियो रिलिज (भिडियो)

काठमाडौं । पपगायक सुजन ढकालको नयाँ गीत तिम्रो चन्चले चुलबुलेुको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुजनकै शब्द र संगीत रहेको गीतमा गायिका स्मृति पोखरेलले उनलाई स्वरमा साथ दिएकी छिन ।

लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एबम गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन। गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ ।

गायिका स्मृतीको यसअघि धेरै गीतहरुको बिदेशका धेरै ठाउहरुमा शुट गरिएको म्युजिक भिडियोहरु आइसकेका छन भने पप गायक सुजन ढकालको डेप्थ एल्बमको साथै धेरै गीतहरु बजारमा आइसकेका छन । तिम्रो चन्चले चुलबुलेु भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब मार्फत रिलिज गरिएको हो ।

 

गितको भिडियोः