लुम्बिनी

न्यानो कपडा पाएपछि बालबालिका खुशी

बेझाङ । पाल्पा रामपुर नगरपालिका–७ स्थित विजय प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय रामपुरले सामाजिक उत्तरदायित्व बहन गर्दै ५८ बालबालिकालाई शनिबार कपडा वितरण गरेको हो । पुसको कठ्याङग्रीँदो जाडोमा न्यानो कपडा स्वीटर पाएपछि बालबालिका खुशी भएका छन् ।

शाखा कार्यालय रामपुरका प्रमुख रमेश घिमिरेले बालबालिकाको शैक्षिकस्तर माथि उठाउन सबैले सहयोग गर्नुपर्छ भने । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कपडा वितरण गर्दै बालबालिकाको शिक्षा र स्वास्थ्यमा नगरपालिकाले विशेष ध्यान दिएको जानकारी दिएका छन् ।

गरिमा विकास बैंकले विद्यालयमा आएर साना–साना बालबालिकालाई स्वीटर सहयोग गरेकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले खुशी व्यक्त गरे ।

विद्यालय स्थापनाको ५०औँ वर्ष पुगे पनि शैक्षिक क्षेत्रमा सुधार आउन सकेको छैन । हाल यहाँ नर्सरीदेखि कक्षा ४ सम्म पठनपाठन हुँदै आइरहेको छ ।