समाचार

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवार दर्ता गरिँदै छ । निर्वाचन आयोगले राष्ट्रियसभा सांसदको उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखी अपरान्ह ३ ब्बजेसम्मको समय तोकिएको छ ।

राष्ट्रियसभामा रिक्त पदका लागी आगामी माघ ९ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्तारुढ नेकपा, नेपाली कांग्रेस, राजपा लगाएतकाले लगभग उम्मेदवारी छनोट गरिसकेका छन् । नेकपाले २ नम्बर प्रदेशमा राजपातालमेल गरेको छ भने कांग्रेसले समाजवादीसंग तालमेल गरेर उम्मेदवार सार्वजनिक गरेको छ ।

साथै यस अघि आयोगले सात प्रदेशमा उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना भैसकेको छ । राष्ट्रियसभामा रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो भने एक जनाको पद भने राष्ट्रपतीको सिफारीसमा सरकारले मनोनित गर्ने छ ।

राजपा र समाजवादी पार्टीले २ नम्बर प्रदेशतर्फबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तोकेका छन् । राष्ट्रियसभा निर्वाचनका मतदाता निश्चित रहेकाले सत्तासीन नेकपाका उम्मेदवारले जित्ने निश्चित जस्तै छ । अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ ।

राष्ट्रियसभा सांसदको म्याद सकिन ३५ दिन अगावै निर्वाचन गर्नपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुनाव हुन लागेको हो । सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित ९अर्थमन्त्री युवराज खतिवडा०को कार्यकाल समाप्त हुन लागेको हो।