पु.समाचार

हेटौडालाई प्रदेश-३ को राजधानी बनाउन सांसदहरू एकजुट..

नेकपा । नेपाल कम्युनिष्ट पार्टी प्रदेश- ३ को संसदीय दलमा नेताहरुले प्रदेशको नाम र राजधानी पार्टी सचिवालयले तोकेकोमा विरोध गरेका छन् । प्रदेशको नाम र राजधानीबारे तल्लो तहमा छलफल नै नगरी पार्टीले निर्णय गरेको उनीहरुको गुनासो छ ।

आजदेखि शुरु भएको  बैठकमा सांसदहरुले प्रदेशसभाबाट टुङ्ग्याउनुुपर्ने विषयलाई पार्टी सचिवालयले गरेर ‘केन्द्रीयता लादेको’ बताए । बैठकमा उपस्थित कतिपय सांसदले हेटौडा भूगोलको हिसाबले अनपयुक्त भएको समेत बताएका छन् ।

मकवानपरुका साथै काठमाडौ र सिन्धुलीका केही ससदले भने हेटौंडालाई नै राजधानी कायम गर्न जोड दिएका छन् । आज २३ जनाले बोलेको र बैठक भोलिसम्म चल्ने मुख्य सचेतक रामेश्वर फुयालले जानकारी दिएका छन् ।