पु.समाचार

राजपाले गर्यो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश २ को निर्वाचनका लागि राजपाले दुईजना उम्मेदवार छनोट गरेको हो ।

प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजपाले अन्य समूहबाट पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव तथा अल्पसंख्यक/अपांगता भएका व्यक्तिको समूहबाट अर्का वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा पार्टीको अक्ष्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा बसेको अध्यक्ष मण्डलको बैठकले सर्वसम्मतीमा उम्मेदवार छनोट गरेको हो ।

प्रदेश २ मा खाली हुन लागेका दुई सिटका लागि राजपाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग गठबन्धन गरेको छ । दुवै पार्टीले २–२ सिट बाँडेका छन् ।